प्रधानसेनापतिद्वारा सहायक सेनानी दर्जामा पदोन्नति अधिकृतलाई दज्र्यानी चिह्न प्रदान



भक्तपुर । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सहायक सेनानी दर्जामा पदोन्नति भएका सिस ४९ पदिक तथा हुद्दा अधिकृतहरूलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा सोमबार आयोजित सिस ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिम समापन कार्यक्रममा उनले दज्र्यानी चिह्न प्रदान गरेका हुन् । कार्यक्रममा नेपाली सेनाको छविलाई सदैव उच्च राख्न जिम्मेवार भएर लाग्ने विश्वास व्यक्त गर्दै उनले सेनाले नेपालमा मात्र नभई विश्व शान्ति स्थापनार्थसमेत काम गर्दै आएको चर्चा गरे ।

जुनसुकै चुनौती सामना गर्न नेपाली सेना तयार छ भन्दै उनले पुर्खाहरूको देनले नै नेपाली सेना सङ्गठन स्थापित भएको र यो संस्था व्यावसायिक एवं मर्यादित संस्था भएको बताए ।

उनले भने, “मनमस्तिष्कबाट मुलुक र सङ्गठनप्रति समर्पण भाव राखी काम गर्नु, सङ्गठनको छविलाई सधैँ उँचो बनाइराख्नु, संविधानले दिएको जिम्मेवारीसहित सेनाले विपद्, मुलुकको सङ्कटमा काँधमा काँध मिलाएको छ । सेना देश र जनताप्रति सधैं बफादार छ ।”

विसं २०७८ भदौ १० गते सुरु भएको तालिमको समापनमा तालिम अवधिमा प्रथम हुने पदिक गणेश डल्लाकोटीलाई उनले पुरस्कार प्रदान गरेका थिए । तालिममा ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट, ६२ पदिक तथा हुद्दा अधिकृत क्याडेट पास आउट भएका थिए । तालिम सेनाका नयाँ अधिकृतहरूले प्रदर्शन गरेका कवाज एवं परेडको प्रधानसेनापति शर्माले निरीक्षण गरेका थिए ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु

काठमाडौं । केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य

प्रहरी महानिरीक्षक कुँवर ‘हेड अफ एनसीबी कन्फ्रेन्स’ मा सहभागी हुन सिंगापुर प्रस्थान

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर सिंगापुर प्रस्थान गरेका छन्। नेशनल सेन्ट्रल

सगरमाथा आरोहण गर्ने प्रहरी सम्मानित

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी सङ्गठनलाई प्रभावकारी र सफल बनाउन

हातहतियार खरिदसम्बन्धी कुनै निर्णय भएको छैनः रक्षा मन्त्रालय

काठमाडौं । रक्षा मन्त्रालयले केही दिनयता विभिन्न सञ्चार माध्यममा हातहतियार खरिदसम्बन्धी समाचार सम्प्रेषण