सिन्धुपाल्चोकको जुगलमा सशस्त्र प्रहरीको बिओपी स्थापना



काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) गुम्बाको स्थापना गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार आयोजित कार्यक्रममा बिओपीको उद्घाटन गरेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण सिन्धुपाल्चोक मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध जिम्मेवारीहरुमा परिचालित हुनेछ ।

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम देखि करीव १ सय १४ किलोमिटरको दुरिमा नेपाल चीन सीमा नाकामा स्थापना गरिएको उक्त बिओपीले आजैबाट कार्य संचालन गरेको हो ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल सरकारको सीमानाकामा सशस्त्र प्रहरीको परिचालन बढाउने नीति अनुरुप सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु स्थापना गर्दै लगिएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको