राष्ट्रसंघका आवासीय संयोजकले भेटे प्रधानसेनापति शर्मालाई



काठमाडौं । संयुक्त राष्ट्रसंघका आवासीय संयोजक रिचार्ड होवार्डले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । राष्ट्रसंघका आवासीय संयोजक रिचार्डले बुधबार प्रधानसेनापति शर्मासँग जंगी अड्डास्थित कार्यकक्षमा भेट गरेका हुन् ।

भेटमा दुई पक्षीय हित, पारस्परिक सम्बन्ध, शान्ति मिशन, दिगो विकासलगायत अन्य विविध विषयहरुमा छलफल भएको सेनाले जनाएको छ । भेटमा होवार्डले शान्ति स्थापनार्थ विभिन्न मुलुकहरुमा खट्टिरहेका नेपाली शान्ति सैनिकहरुले पुर्याएका योगदानको प्रशंसा गरेका थिए ।

त्यस्तै उनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन हुने तालिमको अन्तराष्ट्रिय मान्यताको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले कंगो मिशनमा अपरेशन ‘बाली’ को दौरान मंगलबार विद्रोहीले चलाएको गोली लागि मृत्यु भएका सिपाही अनिल गुरुङ्ग प्रति संवेदना व्यक्त गरेका थिए । मृतकका परिवारलाई संयुक्त राष्ट्रसंघबाट उपलब्ध हुने सहयोगको लागि आवश्यक पहल गर्ने आश्वासन उनले दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको