काठमाडौंमा अमेरिकी सेना र नेपाली सेनाबीच संयुक्त अभ्यास सुरु



काठमाडौँ । काठमाडौंमा अमेरिकी सेना र नेपाली सेनाबीच मेडिकल इभाकेशन इन्फर्मेसन एक्सजेन्च तालिम सुरु भएको छ। छाउनीस्थित वीरेन्द्र अस्पतालमा सोमबार आयोजित कार्यक्रमकाबीच क्लिनिकल रजिष्टार, प्राविधिक सहायक रथी डा. राजिव राज शाहीले कार्यक्रम शुभारम्भ गरेका हुन्। वीरेन्द्र अस्पताल र महावीर गण रेञ्‍जरमा तालिम सुरू भएकाे हाे।

विभिन्न अपरेशन, दैवी प्रकोपको दौरानमा घाइते हुने व्यक्तिहरूलाई तत्काल मेडिकल इभाकेशन गरी स्वास्थ्योपचार सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालित उक्त अभ्यासमा प्राविधिक सहायक रथी डा. शाहीले स्वागत मन्तव्य राख्दै अभ्यासबारे संक्षिप्त जानकारी गराएका छन्।

उक्त अभ्यासमा अमेरिकी सेनाबाट १८ र नेपाली सेनाबाट ४२ जना गरी जम्मा ६० जना शिक्षार्थीहरू सहभागी भएका छन्। सोमबारदेखि ११ गतेसम्म सञ्चालन हुने उक्त संयुक्त अभ्यासमा शिक्षार्थीहरूलाई दुवै देशसँग भएका मेडिकल रेस्पोन्स औजार र सञ्चार सामग्रीलगायतका विषयहरूमा जानकारी आदन–प्रदान गरिने नेपाली सेनाले जानकारी दिएको छ। यस्तै टेबल टप अभ्यास सञ्चालन गरिने योजना रहेको बताइएको छ।

‘यो अभ्यासबाट दुई देशका सेनाबीच रही आएको मैत्रिपूर्ण तथा पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुग्ने तथा भविष्यमा आउनसक्ने परिस्थितिमा पनि छिटोछरितो र सहज ढंगले स्वास्थ्योपचार सेवा प्रदान गर्न दुवै देशका सेनाहरूको क्षमता अभिवृद्धि हुने,’ नेपाली सेनाले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको