सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सुदुरपश्चिम प्रदेशस्थित गण तथा गुल्मको उद्घाटन



काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत्र ४ गते सुदूरपश्चिम प्रदेशस्थित नम्बर ३४ गण हेडक्वाटर कैलाली र नम्बर ५२ गुल्म हेडक्वाटर डडेलधुराको नवनिर्मीत भवनको उद्घाटन गरेका छन् ।

त्यस अवसरमा उनले शान्ति सुरक्षा, सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रणका साथै विभिन्न किसिमका विपद् प्रकोप पिडित आम नागरिकको उद्धार, राहत वितरण लगायत कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथाममा संगठनले हाँसिल गरेको सफलताको श्रेय कार्यक्षेत्रमा अहोरात्र क्रियाशिल सबै दर्जाका कर्मचारीहरुको त्याग र मेहनतको परिणाम भएको बताए ।

महानिरीक्षक खनालले सकलदर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा देखाएको ईमान्दारिता, अनुशासन, बफादारिता, कर्तव्यपरायणता तथा उच्च समर्पणभाव र परिश्रमको कारण संगठन आज यस स्थानमा आएको स्मरण गर्दै सशस्त्र प्रहरी बल, नेपालको सीमा क्षेत्रमा तैनाथी बढेसंगै राष्ट्रको राजश्व संकलनमा बृद्धि हुनुका साथै चोरी तस्करी तथा सीमा अपराध नियन्त्रण तथा समग्रमा सीमा क्षेत्रका आम नागरिकले समेत सुरक्षित महशुस गरेको बताए ।

सशस्त्र प्रहरी बल, नेपालको देशभर परिचालन भएसंगै ताप्लेजुङ्गको ओलाङ्गचुङ्गगोलादेखि हुम्लाको हिल्सासम्म र पाँचथरको तोरीफुलेदेखि दार्चुलाको छाङ्गरुसम्म विकट भौगोलिक बनावट र प्रतिकुल मौसमका बाबजुद समेत उच्च मनोवल र हौसलाका साथ अहोरात्र तैनाथरही सांगठानिक विकासमा सशस्त्र प्रहरी कर्मचारीहरुले पुर्याएको योगदानको समेत प्रशंसा गरे ।

उनले राष्ट्र र आम नागरिकको सुरक्षा तथा सेवामा पूर्णव्यावसायिक भई ईमान्दारीताका साथ प्राप्त जिम्मेवारी सम्पादनमा क्रियाशिल रहन त्यसै अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशित गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैधनाथ बाहिनी मुख्यालय, कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गा प्रसाद भट्टराई तथा नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग लगायत जिल्लास्थित विभिन्न निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको