सेना दिवसमा सेनाले जंगी अड्डामा तीन दिने वृहत प्रदर्शनी गर्ने



काठमाडौं । नेपाली सेनाले सेना दिवसका अवसरमा यही फागुन १४ गतेदेखि १६ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा वृहत प्रदर्शनी गर्ने भएको छ । केही वर्ष अघिदेखि महाशिवरात्री तथा सेना दिवसका अवसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्वन्धी विविध सामग्री तथा गतिविधि समेटेर प्रर्दशनी गरिँदैआएको छ ।

यही फागुन १७ गते महाशिवरात्रीका दिन सेना दिवस मनाइँदैछ । निःशुल्क प्रवेशको सुविधा मिलाएको प्रदर्शनीमा नेपालका प्रमुख सेनानायकलगायत तस्वीर, सैनिक व्याण्ड, हातहतियार, उपकरण, पोशाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा सहभागितासम्वन्धी विषयवस्तु समेटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेना सहभागिता, विशेष फौज, एकीकरण पदमार्ग जर्गेना, पदिक फौज र मद्दति अङ्ग, घोडचढी तथा भैैरव वहान गुल्म, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण सुरक्षा गतिविधिबारे प्रर्दशनी अवलोकन गरी जानकारी हाँसिल गर्न सकिने छ । सैनिक केन्द्रीय पुस्तकालय अगाडि मैदानमा तीन दिनसम्म बिहान १० बजेदेखि साँझ पाँच प्रदर्शनी आयोजना गरिने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको