साइबर युगको वर्तमान अवस्थामा सोही अनुरुप अनुसन्धान पद्धति विकास गर्न आइजिपीको निर्देशन



काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ६६औँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पुर्याएको भन्दै अवकाश प्राप्त प्रहरी उपरीक्षक जयविष्णु नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।

प्रतिष्ठानमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालीलाई उक्त अवार्ड प्रदान गरेका हुन् । सोही अवसरमा उनले प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रेरणा–२०७८’ को लोकार्पणसमेत गरे ।

समारोहमा प्रहरी महानिरीक्षक थापाले साइबर युगको वर्तमान अवस्थामा सोही अनुरुप अपराध अनुसन्धानको पद्धतिलाई विकास गर्नुपर्ने बताए । प्रहरीले प्रशिक्षण पद्धतिमा परम्परागत प्रणालीका साथै आधुनिकतालाई पनि सम्बोधन गर्ने किसिमले प्रविधिप्रति दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक पर्ने पाठ्यक्रम तथा पाठ्य सामग्री निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले वर्तमान अवस्थामा वैकल्पिक प्रशिक्षण विधि तथा प्रशिक्षणमा प्रविधिको प्रयोग हेतु प्रतिष्ठानले चालु आर्थिक वर्षदेखि प्रहरीको तालिम क्यालेन्डरमा नै राखी अनलाइन तालिम सञ्चालन गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको