हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिममा महासेनानी गुरुङ सर्वाेत्कृष्ट



काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्माले तालिमले कमाण्ड तहको जिम्मेवारी पूरा गर्न सक्षम, प्रभावकारी एवं भविष्यमुखी नेतृत्वको विकासमा अहम् भूमिका निर्वाह गर्ने बताएका छन् ।

नगरकोटस्थित नेपाली सैनिक बार कलेजमा सञ्चालन भएको दशौँ समूहको हाइयर कमाण्ड तथा व्यवस्थापनसम्बन्धी तालिमको शुक्रबार जङ्गी अडडमा समापन गर्दै उनले शिक्षार्थीलाई रणनीतिक तथा अपरेसनल तहका नेतृत्वकर्ता, योजनाकार र सल्लाहकारका रूपमा समेत सक्षम बनाउने विश्वास व्यक्त गरे ।

दुई महिला सैनिक अधिकृतसहित ३५ महासेनानीको सहभागिता रहेको उक्त तालिम गत भदौ १३ गते सुरु भएको थियो । उक्त तालिममा महासेनानी सुरज गुरुङ प्रथम भए भने महासेनानी विमलकुमार बस्नेतको शोधपत्र उत्कृष्ट भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सेनामा सञ्चालन हुने सबैभन्दा उच्चस्तरको तालिम हो ।

विसं २०७१ देखि नगरकोटस्थित सैनिक बार कलेजमा सञ्चालन हुँदै आएको यस तालिममा उक्त कलेजबाट हालसम्म नौ महिला सैनिकसहित जम्मा २७२ जना अधिकृत दीक्षित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा

सशस्त्र प्रहरीको प्रवक्तामा न्यौपाने

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी)

  प्रहरी प्रवक्तामा एसएसपी कार्की

काठमाडौँ ।   नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की

नेपाल प्रहरीका दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

  काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र दुई प्रहरी