शान्ति सेनाको २८औँ डफ्फाको पहिलो टोली कङ्गो प्रस्थान



काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वाननमा शान्ति स्थापनाका सिलसिलामा अफ्रिकी मुलुक कङ्गोमा तैनाथ हुन २८औँ डफ्फाको पहिलो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । त्यहाँ तैनाथ भवानीदल गण २७औँ डफ्फालाई बदली गर्न फष्ट रैफल गण २८औँ डफ्फाको शान्ति सेनाको पहिलो टोली प्रस्थान गरेको हो ।

प्रमुख सेनानी वसन्तबहादुर गौतमको नेतृत्वमा २१९ शान्ति सैनिक मिशन ईलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले छ दशकदेखि संयुक्त राष्ट्रसङ्घका विभिन्न मिसनमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

कोभिड–१९ सङ्क्रमणबीच सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको व्यवस्थापन गरिएको सेनाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सशस्त्र प्रहरीका १६ डीआईजीको सरुवा, कसको कहाँ ?(सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका १६ सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा

इन्डोनेसिया प्रहरीको इन्टरनेशनल रिलेसन्स डिभिजन प्रमुख नेपालमा

काठमाडौं । इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आईजीपी कृष्ण

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट