सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्न आइजिपी क्षेत्रीको निर्देशन



काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा प्रहरी दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयमा मंगलबार सातै प्रदेशका प्रहरी प्रमुख एवं जिल्ला प्रहरी प्रमुखको भिडियो कन्फरेन्समा उनले अन्य सुरक्षा निकायको समन्वयमा सीमा क्षेत्रमा हुने विभिन्न अपराध न्यूनीकरणका लागि लाग्नुपर्ने बताएका हुन् ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सीमामा खटिने प्रहरीले समानता, निष्पक्षता र सन्तुलित भएर जिम्मेवारी बहन गर्दै सीमा अपराध, लागुऔषध कारोबार तथा तस्करीलाई पूर्णरूपमा निस्तेज पार्नुपर्ने उल्लेख बताए ।

उनले प्रहरीलाई सामाजिक हैसियतको ख्याल राखी मीठो बोली वचन, इमान र पूर्ण व्यावसायिकताका साथ सङ्गठनप्रति उत्तरदायी हुँदै जिम्मेवारी बहन गर्न निर्देशनसमेत दिए । सीमापार सम्बन्धलाई उत्कृष्ट बनाई पारस्परिक हितलाई संस्थागत हितमा उपयोग गर्नुपर्ने प्रहरी महानिरीक्षक थापा क्षेत्रीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सशस्त्र प्रहरी बलका डीआईजीद्वय न्यौपाने र धौवजीको पदावधि थप

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका दुई जना डीआईजीको पदावधि थप गर्ने निर्णय

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छः रक्षामन्त्री राई

  काठमाडौँ । रक्षामन्त्री मानवीर राईले नेपालको संविधान, प्रचलित कानुन र नेपाल सरकारको

सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति