बाँकेको नयाँगाउँमा पुग्यो सशस्त्र प्रहरी बल



बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित नयाँगाउँमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको चौकी स्थापना भएको छ ।

नेपाल–भारत सीमानाकाअन्तर्गत प्रत्येक १० किलोमिटरको फरकमा सशस्त्र प्रहरी बलको एउटा बिओपी राख्ने सरकारको नीतिअनुरुप यस वर्ष राप्तीसोनारी गाउँपालिकाको नयाँगाउँस्थित गुर्दनगौडीमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल ४२ नम्बर गण शम्शेरगञ्ज बाँकेका प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदीले जानकारी दिए ।

उनका अनुसार राप्तीसोनारीकै बानवा नाकामा पनि बिओपी स्थापना गरिने भएको छ । सशस्त्र प्रहरी बलको बिओपी स्थापनासँगै त्यस क्षेत्रमा खटिने सशस्त्र प्रहरी बलबाट नेपाल–भारत सीमास्तम्भको सुरक्षाका साथै नागरिकको पनि सुरक्षा हुनेछ ।

करिब डेढ दशकअघि पत्ता लागेको नयाँगाउँका रूपमा परिचित उक्त ठाउँमा स्थानीयवासीले आफूहरु भारतीय सुरक्षाकर्मी र तस्करहरुको दोहोरो असुरक्षामा रहेको भन्दै सुरक्षा चौकीको माग गर्दै आएका थिए ।

बिओपी स्थापनापछि चोरी पैठारी नियन्त्रण हुनुका साथै जनताले शान्तिको महसुस गर्ने राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बताए । उनले जनतासँग समन्वय गरेर सम्बन्ध सुमधुर बनाई काम गर्न सशस्त्र प्रहरीलाई आग्रह गरे ।

बाँकेको दक्षिणी नाकामा सशस्त्र प्रहरीले बिओपी निर्माणलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बल ३० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक अशोककुमार बमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लियोनमा हुने इन्टरपोलको सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार फ्रान्स प्रस्थान गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

ढकाल र जोशी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ