सैनिक कल्याणकारी कोषको कूल सम्पति ५९ अर्ब ९५ करोड ८० लाख



काठमाडौं । सैनिक कल्याणकारी कोषको यथार्थ सम्पति ५९ अर्ब ९५ करोड ८० लाख पुगेको छ । कोषमा विसं २०७७ असार मसन्तसम्म नगद मौज्दात ४५ अर्ब ८६ करोड ८० लाख रहेकामा यस वर्ष १८ प्रतिशत अर्थात आठ अर्ब २५ करोड ९५ लाखले वृद्धि भई ५४ अर्ब १२ करोड ७५ लाख ८० हजार पुगेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न निकायमा गत असार मसन्तसम्म गरिएको पाँच अर्व ८३ करोड १४ लाख लगानीसमेत समावेश गर्दा यथार्थ सम्पति ५९ अर्ब ९५ करोड ८० लाख पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए ।

नेपाली सेना शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त एक करोड २४ लाख एक हजारबाट विस २०३२ मा स्थापना सैनिक कल्याणकारी कोषको स्थापना भएको हो ।

‘बहुजन हिताय : बहुजन सुखाय’ आदर्श वाक्य रहेको कोषबाट सेनाका बहालवाला, अवकासकाप्राप्त सैनिक तथा तिनका आश्रित परिवारलाई स्वास्थ्य, शिक्षा, सहुलियत ऋण, आर्थिक राहत र आवास, बीमा, सीप र स्वरोजगारका कार्यक्रम सञ्चालन हुँदै आएको छ । उक्त कोषबाट नौ लाख हिताधिकारी लाभान्वीत भइररहेको जानकारी दिइएको छ ।

कोषबाट सञ्चालित विभिन्न कार्यक्रममार्फत वार्षिकरुपमा सरकारलाई ४५ करोड राजश्व र १६ करोड विदेशी मुद्रा सञ्चितिमा योगदान पुगिरहेको जानकारी दिइयो । कोषको रकम मध्ये ९९.३५ प्रतिशत क वर्गका बाणिज्य र बाँकी ख वर्षका विकास र अन्य वित्त कम्पनिमा निक्षेप रहेको सो अवसरमा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एआईजी भट्टराईलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना

प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको