संयुक्त राष्ट्र सङ्घको वरियतामा नेपाली सेना दोस्रो स्थानमा



काठमाडौं । नेपाली सेना संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सैनिक पठाउने सूचीमा दोस्रो स्थानमा स्तरोन्नति भएको छ । संयुक्त राष्ट्र सङ्घको १२ शान्ति स्थापनार्थ मिशनमा सहभागी नेपाली सेना राष्ट्र सङ्घको वरियता सूचीमा तेस्रो स्थानबाट अहिले दोस्रो स्थानमा उक्लिएको हो ।

राष्ट्र सङ्घले विभिन्न मिसनमा फौजको सङ्ख्या घटाइरहेका बेला नेपालको राम्रो कार्य क्षमताका कारण सङ्ख्या थपको माग भइरहेको सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ करिब १२१ राष्ट्रमध्ये सङ्ख्याका आधारमा बङ्गलादेश, नेपाल, भारत, इथियोपिया र रुवान्डा क्रमश अग्रणी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको