डीएसपी धर्मराज भण्डारी सर्वोत्कृष्ट प्रहरी घोषित
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी जिल्लामै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
प्रहरी नायब उपरीक्षक भण्डारीले विभागीय मूल्य मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्यार्एका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारी, डीएसपी भण्डारी, प्रहरी निरीक्षक प्रेम रेग्मी र नायब निरीक्षक गगन शाहीको ‘टिम वर्क’ ले जिल्लामा भएका ठूला तथा जघन्य अपराधको घटनाको अनुसन्धान सत प्रतिशत सफल हुँदै आएको छ ।