प्रहरीको सक्रियतामा दश हजार अक्सिजन सिलिण्डर सङ्कलन



काठमाडौं । नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट आइतबारसम्म करीब १० हजार अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको छ ।

नेपालमा कोभिड –१९ सङ्क्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख २६ गतेदेखि अनावश्यक क्षेत्रमा प्रयोग भइरहेका सिलिण्डर खोजी अभियान थालेको थियो । सोही क्रममा आजसम्म १० हजार २६ सिलिण्डर सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २३३ अक्सिजन सिलिण्डर सङ्कलन गरिएको जनाइएको छ । तीमध्ये २०४ भरिएका र २९ खाली सिलिण्डर छन् । आवश्यकताभन्दा बढी अक्सिजन राख्ने व्यक्ति, विभिन्न सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा मौज्दाज गरिराखिएका अक्सिजन सिलिण्डर सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनका सिलसिलामा पछिल्लो २४ घण्टामा उल्लङ्घन गर्ने एक हजार ७६७ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मास्क वितरण अभियान पनि सँगसँगै चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको