प्रहरी अस्पतालको सेवा थप प्रभावकारी बनाउन महानिरीक्षक थापाको निर्देशन



काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महाराजगञ्जस्थित प्रहरी अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

नेपाल प्रहरी अस्पतालको विषयमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा भएको छलफलमा प्रहरी महानिरीक्षक थापाले नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो लहरका कारण सङक्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा सेवालाई थप चुस्त बनाउनुपर्ने आवश्यकता औँलयाए ।

बैठकमा नेपाल प्रहरी अस्पतालले गर्ने उपचारलाई थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, साधनस्रोत तथा जनशक्तिको व्यवस्थापनलगायतका विषयमा छलफल गरिएको थियो ।

प्रहरी महानिरीक्षक थापाले कोभिड–१९ सङ्क्रमितको उपचारमा खटिने चिकित्सक तथा कर्मचारीले सुरक्षाका मापदण्ड पूर्ण पालना गरी अझै बढी संवेदनशील भई पारिवारिक वातावरणका साथ उपचारमा सरिक हुने स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

अस्पतालमा उपचाररत बिरामीप्रति गरिने व्यवहार शिष्ट हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापाले कोभिड–१९ नियन्त्रणमा गर्न सकिने सबै प्रयासमा कुनै कमी हुन नदिन आग्रह गरे । अस्पताललाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन प्रहरी प्रधान कार्यालय सदैव तत्पर र क्रियाशील रहेको उनले उल्लेख गरे ।

छलफलका क्रममा नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले अस्पतालको गतिविधि तथा कोभिड–१९ नियन्त्रणका लागि गरिएका प्रयास र उपचार पद्धतिबारे जानकारी गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको