नेपाली सेनाका अधिकृत बेलायतमा ‘टप इन्टरनेशल स्टुडेन्ट’घोषित



लन्डन । प्रशिक्षणका क्रममा हाल बेलायत रहेका २१ वर्षीय नेपाली सेनाका सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा ‘टप इन्टरनेशनल स्टुडेन्ट’ घोषित भएका छन् । वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलमा भएको प्लाटुन कमाण्डर्स ब्याटल कोर्स (पिसिबिसी) २००३ मा उनलाई सो उपाधि हात परेको हो ।

तीन महिना लामो उक्त कोर्समा आयरल्याण्ड, कोसोभो, हंगेरी, स्कटल्याण्ड र नेपालबाट सैनिक अधिकृतहरु सहभागी थिए । यसअघि पनि थापाले बेलायतकै स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिमका क्रममा उत्कृष्ट क्षमता प्रदर्शन गरेबापत ‘इन्टरनेसनल सोर्ड अफ अनर’ अवार्डले सम्मानित भएका थिए। नेपाली क्याडेटले उक्त अवार्ड पाएको दुई दशकयताकै पहिलो हो ।

४४ हप्ता लामो उक्त प्रशिक्षणमा विश्वका विभिन्न मुलुकका ३३ क्याडेट सामेल भएका थिए । थापाले ब्रिटिस अफिसर क्याडेटलाई तालिमदिन पाउने प्लाटुन कमान्डर ‘इन्सट्रक्टर पास’ समेत पाएका छन् जुन नेपाललाई पहिलोपटक दिइएको हो । थापा कुनै पनि बेला रोयल मिलिट्री एकेडेमीस्यान्डहर्स्टस आएर ब्रिटिस क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्नेछन् ।

आउँदो जुलाईमा नेपाल फर्कने तयारीमा रहेका थापाले जानुअघि बेलायतको रोयल मरिनले सञ्चालन गर्ने अल आर्मी कमाण्डोले कोर्स गर्नेछन् । धादिङ त्रिपुरा सुन्दरी नगरपालिका निवासी थापा दुई वर्ष अघिमात्र नेपाली सेनामा भर्ती भएका हुन् ।

बेलायतमा पाएको प्रशिक्षणबाट आफ्नो क्षमता अभिवृद्धि, बेलायती सेनाको कार्यशैली र रणनीति बुझ्ने अवसर एवं विभिन्न देशका उच्च दर्जाका सैनिकहरुसँगको अन्तरक्रियाले अन्तर्राष्ट्रिय सम्बन्धबारे धेरै ज्ञान हासिल गर्न पाएको बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको