दोधारा चाँदनीमा सशस्त्र प्रहरीको १९औँ बिओपी उद्घाटन



कञ्चनपुर । कञ्चनपुरको दोधरा चाँदनी नगरपालिकाको पशुपति टोलमा मंगलबार सशस्त्र प्रहरीको १९औँ बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले पोष्टको उद्घाटन गर्दै नेपाली भूमिमा खुला सिमानाका कारण हुने अवैध चोरीतस्करी नियन्त्रणमा यसले सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

उनले चेलीबेटी बेचबिखन, लागुऔषध ओसारपसार, हातहतियार ओसारपसार, लुटपाट, सीमा अतिक्रमण, सङ्गठित सीमा अपराध तथा सीमा विवादजस्ता गहन समस्याहरू समाधान गर्नका लागि सशस्त्र प्रहरीले चौबिसै घण्टा खटिने जानकारी दिए ।

जस्ताले छाएका दुईवटा टहरा, ब्यारेक, अफिस ब्लक, भान्साघर, शौचालय र ११ वटा डिउटी पोष्ट सहितको बिओपी निर्माण गरिएको छ । बिओपीको जिम्मेवारी क्षेत्र सीमा स्तम्भ नं ८०३ देखि मुख्य सीमा स्तम्भ नम्बर २०५ सम्मको करीब सात किलोमिटर रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

उनका अनुसार दोधारा चाँदनी नगरपालिका–१ र भीमदत्त नगरपालिका–१२ भुजेलासम्म उद्घाटन गरिएको बिओपीको इलाका विभाजन गरिएको छ ।

आगामी दिनमा थप बिओपीहरू क्रमिकरूपमा थप्दै लैजाने योजना रहेको उनले बताए । कञ्चनपुरमा १२९ दशमलव पाँच किलोमिटर नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १९ वटा बिओपी स्थापना गरिएका छन् । २५ वटा बिओपी स्थापना गर्ने लक्ष्य रहेको छ । छवटा बिओपीको स्थायी भवनका लागि बोलपत्र प्रक्रिया अगाडि बढेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोप खरिदमा भएको कमिशनको चलखेलबारे छानिबिन गर्न सरकारसँग पूर्वसुरक्षाकर्मी परिषद् नेपालको माग

काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले खोप खरिदमा कमिशनको खेल भएको भन्दै त्यसमा संलग्नलाई

प्रधानसेनापतिद्वारा अधिकृत क्याडेटलाई आयुक्त पद प्रदान

भक्तपुर । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट

काउण्टरकै कर्मचारीबाट यात्रु ठगी, धमाधम पक्राउ गर्दै ट्राफिक प्रहरी

काठमाडौं । उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात बैदेशिक रोजगारबाट फर्किने र जरुरी काम

बढी भाडा लिने बुकिङ्ग काउण्टरका सात कर्मचारी ट्राफिक प्रहरीको फन्दामा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणा गरेको दिनदेखि परिचालन गरेको विशेष