दोधारा चाँदनीमा सशस्त्र प्रहरीको १९औँ बिओपी उद्घाटन



कञ्चनपुर । कञ्चनपुरको दोधरा चाँदनी नगरपालिकाको पशुपति टोलमा मंगलबार सशस्त्र प्रहरीको १९औँ बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले पोष्टको उद्घाटन गर्दै नेपाली भूमिमा खुला सिमानाका कारण हुने अवैध चोरीतस्करी नियन्त्रणमा यसले सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

उनले चेलीबेटी बेचबिखन, लागुऔषध ओसारपसार, हातहतियार ओसारपसार, लुटपाट, सीमा अतिक्रमण, सङ्गठित सीमा अपराध तथा सीमा विवादजस्ता गहन समस्याहरू समाधान गर्नका लागि सशस्त्र प्रहरीले चौबिसै घण्टा खटिने जानकारी दिए ।

जस्ताले छाएका दुईवटा टहरा, ब्यारेक, अफिस ब्लक, भान्साघर, शौचालय र ११ वटा डिउटी पोष्ट सहितको बिओपी निर्माण गरिएको छ । बिओपीको जिम्मेवारी क्षेत्र सीमा स्तम्भ नं ८०३ देखि मुख्य सीमा स्तम्भ नम्बर २०५ सम्मको करीब सात किलोमिटर रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

उनका अनुसार दोधारा चाँदनी नगरपालिका–१ र भीमदत्त नगरपालिका–१२ भुजेलासम्म उद्घाटन गरिएको बिओपीको इलाका विभाजन गरिएको छ ।

आगामी दिनमा थप बिओपीहरू क्रमिकरूपमा थप्दै लैजाने योजना रहेको उनले बताए । कञ्चनपुरमा १२९ दशमलव पाँच किलोमिटर नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १९ वटा बिओपी स्थापना गरिएका छन् । २५ वटा बिओपी स्थापना गर्ने लक्ष्य रहेको छ । छवटा बिओपीको स्थायी भवनका लागि बोलपत्र प्रक्रिया अगाडि बढेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको