सैनिक कमाण्ड तथा स्टाफ तालिममा नेपालसहित ११ देशका सैनिक अधिकृत सहभागी



काठमाडौं । सैनिक सेवामा उच्च तहमा पुग्न अनिवार्य मानिएको २८औं समूहको कमाण्ड तथा स्टाफ तालिम शुरु भएको छ ।

शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सोमबार आयोजित कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले तालिम शुभारम्भ गर्दै सफलताका लागि शुभकामनाा व्यक्त गरे । सो अवसरमा तालिममा सहभागी विदेशी शिक्षार्थीबाट कलेज परिसरमा आआफ्नो देशको झण्डोत्तोलन गरिएको थियो ।

मध्यम तहका अधिकृतको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण मानिएको उक्त तालीममा नेपाली सेनाका ५ महिलासहित ५९ अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक/एक तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, मलेसिया, माल्दिभ्स र लेवनानका एक/एक शिक्षार्थी सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विसं २०४९ पुसमा स्थापना भएको उक्त कलेजबाट हालसम्म सेनाका ९८१, विदेशी ८९, नेपाल प्रहरीका १२, सशस्त्र प्रहरी बलका २४, राष्ट्रिय अनुसन्धान विभागका १५ र रक्षा मन्त्रालयका एक गरी एक हजार १२२ शिक्षार्थी अधिकृत दीक्षित भइसकेको जानकारी दिइएको छ । कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले कोभिड–१९ को सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको