कमाण्ड तथा स्टाफ तालिममा सेनानी समिर श्रेष्ठ सर्वाेत्कृष्ट



काठमाडौं । विदेशी ६ सहित ६९ सुरक्षाकर्मीले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित २७औँ समूहको कमाण्ड तथा स्टाफ तालिम पूरा गरेका छन् । सेनाका चार महिलासहित ६० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक÷एक तथा बङ्गलादेश, नाइजेरिया, पाकिस्तान, श्रीलङ्का, संयुक्त राज्य अमेरिका र बेलायतका एक/एक सैनिकले उक्त तालिम पूरा गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सन् २०१० बाट विदेशी शिक्षार्थी सहभागी गराइएको उक्त तालिममा हालसम्म विभिन्न देशका ८९ विदेशी शिक्षार्थी दीक्षित भइसकेको जानकारी दिइएको थियो । समापनका अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनानी समिर श्रेष्ठलाई सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार’ प्रदानका साथै कलेजको वार्षिक प्रकाशन ‘दि शिवपुरी’ जर्नल २२औँ संस्करणको लोकार्पणसमेत गरे ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा धर्मकान्त बास्कोटा र शिक्षा अधिकृत उपरथी हिरालाल जोशीले सैनिक कमाण्ड तथा स्टाफ कलेजको तालिम र शोधपत्रमा प्रथम हुने सेनानी भूमिराज ओझालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

सो अवसरमा प्रधानसेनापति थापाले तालिम पूरा गरेका सैनिक अधिकृतले सङ्गठनलाई नवीन सोच र दृढ सङ्कल्पका साथ अघि बढाउन दृढ सङकल्प गर्न आवश्यक रहेको बताए । सेनाको माथिल्लो दर्जामा पुग्न अनिवार्य मानिएको उक्त तालिमसँगै सहभागीलाई त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरको अध्ययनको व्यवस्था मिलाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको