कर्मचारीको आचरण र व्यवहारलाई अझै सुधार गर्न प्रहरी महानिरीक्षकको निर्देशन



काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले प्रहरी सङ्गठन सुधारका विषयमा गृह मन्त्रालय गम्भीर रहेको र त्यस सम्बन्धमा मन्त्रालयले छलफल अघि बढाएको बताएका छन् ।

उनले प्रहरीको भौतिक पूर्वाधार निर्माण तथा वृत्ति विकासलगायतका सवालमा पनि गृह मन्त्रालयले ध्यान दिएको बताए । प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा बुधबार गृहसचिव न्यौपानेले शान्ति सुरक्षामा चुस्त पार्ने गरी काम गर्न प्रहरीलाई निर्देशन दिए ।

सो अवसरमा उनले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरको अवलोकन तथा निरीक्षण गर्नाका साथै उक्त सेन्टरबाट भिडियो कन्फरेन्सद्वारा सातवटै प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षाबारे जानकारी लिँदै प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिए ।

उनले सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न तथा आ–आफ्नो क्षेत्रमा तस्करी नियन्त्रण एवं राजश्व वृद्धिमा थप सक्रियता बढाउनुपर्ने बताए । आगामी वर्ष पनि बेरुजु फछ्र्योटमा सर्वोत्कृष्ट हुनेतर्फ ध्यान केन्द्रित गरी समूह बनाएर थप सक्रियताका साथ लाग्न उनले सुझाव दिए । त्यसक्रममा उनले प्रहरी प्रधान कार्यालयबाट भए गरेका गतिविधि तथा प्रगतिसम्बन्धी जानकारी लिएका थिए ।

निरीक्षणपश्चात् आयोजित समारोहमा गृहसचिव न्यौपानेले प्रहरी कर्मचारीलाई आफ्नो आचरण एवं अनुशासनमा संवेदनशील भई पूर्ण इमान्दारिताका साथ जिम्मेवारी बहन गर्न निर्देशन दिए ।

उनले नेपाल प्रहरी सङ्गठनको सुदृढीकरण र शुद्धीकरणमा गृहमन्त्रालय सदैव दृढ एवं क्रियाशील रहेको जानकारी दिए । प्रहरीका कार्यालयको गतिविधि अनुगमन तथा कारवाही प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहसचिवबाट प्राप्त निर्देशनलाई नेपाल प्रहरीले थप जिम्मेवारी बोधसहित कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रहरी कर्मचारीले इमान्दार भई कार्यसम्पादन गर्नुपर्ने उनको जोड थियो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरीले आन्तरिक शुद्धीकरणलाई निरन्तरता दिई प्राथमिकतामा राखेर नेपाल प्रहरीलाई एउटा प्रणालीमा ल्याउने प्रयास गरिरहेको बताए ।

प्रहरी कर्मचारीको आचरण व्यवहारलाई अझै सुधार गर्न नेपाल प्रहरीले विभिन्न कार्य योजना तय गरी मासिक समीक्षा गर्दै यसको पूरा कार्यान्वयनमा जोड दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको