एआइजी पालद्वारा महानगरीय प्रहरी प्रभाग बालकुमारीको नवनिर्मित कार्यालय भवन उद्घाटन



ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले महानगरीय प्रहरी प्रभाग, बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले नवनिर्मित भवनको निरीक्षण गर्नुको साथै भवन निर्माणमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रशंसापत्र तथा प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार प्रदान गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले नवनिर्मित भवनबाट आमनागरिकको सुरक्षा प्राप्ति र स्थानीय जनताको भरोसा केन्द्रको रूपमा स्थापित गर्नसके भवन निर्माणले सार्थकता पाउने उल्लेख गरे । भवन निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैमा धन्यवाद दिँदै नयाँ भवनबाट उत्कृष्ट प्रहरी सेवा प्रदान भई स्थानीय समुदायको साझेदारीमा समाजमा शान्ति सुरक्षा र सु–व्यवस्था कायम गर्ने कार्यको लागि सहयोगी सिद्ध हुने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रमका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नवनिर्मित भवनबाट प्रहरीले प्रवाह गर्ने सेवा उच्च हुनुपर्ने बताए । साथै ललितपुर महानगरपालिकाले स्मार्ट सिटिको अवधारणा अनुरुप सुरक्षालाई मुल विम्बको रुपमा अवलम्वन गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डि प्रसाद निरौलाले नवनिर्मित भवनले प्रहरी कर्मचारीहरूमा नयाँ उर्जा दिई प्रहरीको कार्य सम्पादन अझ बढी प्रभावकारी हुने उल्लेख गरे ।

उक्त भवन राष्ट्रिय पुन :निर्माण प्राधिकरणको १ करोड ७१ लाख १५ हजार ८ सय ८८ रुपैयाँ ६३ पैसा लागतमा निर्माण कार्य सम्पन्न भएको हो । करिब ४२८२.४८ वर्गफिट क्षेत्रफलमा निर्मित साढे २ तले उक्त भवनमा कार्यालय प्रमुख कक्ष, व्यारेक, भान्साकोठा, थुनुवा कोठा सहित जम्मा ११ वटा कोठा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आठ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)

पिएसओ र गाडी छोडेर हिँडेपछि महरा पक्राउः आइजिपी कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पिएसओ

सशस्त्र प्रहरीको एक फौज २४सै घण्टा सीमा गस्तीमा परिचालन

  काठमाडौँ ।  सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा

२३ जना प्रहरी कर्मचारी सम्पर्कविहिन भएपछि..

काठमाडौं । नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान