घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरि जिम्मेवारी निर्वाह गर्ने एक प्रहरी निरीक्षक सहित १८ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

सम्मानित हुनेहरु मध्य ६ जनालाई नगद सहित वृत्ति विकासमा समेत सहयोग हुनेगरि अभिलेखमा गनिने गरि पुरस्कृत गरिएको छ । यसरी पुरस्कृत हुनेहरुमा प्रहरी हवल्दार शम्भु बिश्वकर्मा, प्रहरी जवानहरु अनिल महर, महेशराज पनेरु, रमेश सिंह बुडाल, बिन्दा थापा र राम आवतार राम रहेका छन् ।

नेपाल प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न नियमित ब्रिफिङ्ग एव निर्देशन दिँदै आएका छन, फलस्वरुप घुस दिन खोज्ने ९४ जना चालकहरुलाई पक्राउ गरि कारबाही गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारवाही पश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दछन, प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी सङ्गठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको छ ।

यस आर्थिक वर्षमा मात्रै आर्थिक प्रलोभनमा पार्न खोज्ने ९४ जना चालकहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने ६५ जना प्रहरी कर्मचारीलाई पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको छ ।

यस कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत आर्थिक पारदर्शीता एव सुन्य शहनसिलता कायम गर्न र प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई कारबाहीको दायरामा ल्याउन थप सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरीमा अब ३० वर्षे सेवा अवधि हटाइने, प्रहरी जवान १६ वर्षमा अवकासमा जान पाउने

  काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐन संशोधन र एकीकरण

जङ्गी अड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आजदेखि ‘नेपाली सेना फोटो तथा वृहत्

पछिल्लो समय आपराधिक घटनामा वृद्धि, कुन प्रदेशमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय आपराधिक घटनामा वृद्धि भएको बताएको छ ।

१८ एसएसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरिएको छ ।