सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरुलाई सशस्त्र प्रहरीद्वारा प्रशिक्षण



काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा संचालित सि.सं. २७ ‘कमाण्ड तथा स्टाफ कोर्ष’का प्रशिक्षार्थीहरुलाई सशस्त्र प्रहरी बल, नेपालको सम्बन्धमा विविध बिषयमा प्रशिक्षण प्रदान गरिएको छ ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यस्ता कार्यक्रमहरुको आयोजनाले एक अर्का सुरक्षा संगठनहरुबीच सुमधुर सम्बन्ध कायम राख्न सहयोग पुर्याउने उल्लेख गर्दै कार्यक्षेत्रमा खटिँदा आ–आफ्नो भूमिका स्पष्ट रुपमा निर्वाह गर्न समेत सघाउ पुग्ने बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेतृत्व क्षमता तथा कार्यकुशलता अभिबृद्धिमा विशेष भूमिका खेल्ने सो कोर्षमा आफू सहभागी रहँदाको अनुभव स्मरण गर्दै उक्त कोर्षका प्रशिक्षार्थीहरुलाई आगामी दिनहरुमा व्यवसायीक जीवनमा पूर्ण सफलताको शुभकामना समेत व्यक्त गरे ।

सो अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडामगरले सशस्त्र प्रहरी बल, नेपालको पृष्ठभूमी, म्याण्डेट, सशस्त्र प्रहरी बल, नेपालको संरचना, देशका ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल, नेपालको परिचालन, सीमा सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको प्रविधि, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालको परिचालन तथा उपलब्धी, हालका विविध सुरक्षा चुनौतीहरु लगायत शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघीय मिशनमा सशस्त्र प्रहरी बल, नेपालको परिचालन लगायतका विविध विषयहरुमा प्रस्तुतीकरण मार्फत प्रशिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण प्रदान गरे ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडामगरले प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल, नेपालको कामकारवाही सम्बन्धमा राखेको जिज्ञासाहरुबारे प्रष्ट पारेका थिए । प्रशिक्षार्थी अधिकृतहरुले सोही अवसरमा सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनको लागि प्रयोगमा ल्याएको विभिन्न विपद् व्यवस्थापन सामाग्रीहरुको समेत अवलोकन तथा सो बारे जानकारी लिएका छन् ।

सो कोर्षमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, संयुक्त राज्य अमेरीका, बेलायत, नाईजेरिया, श्रीलंका, पाकिस्तान र बंगलादेशका गरी कुल ६९ जना प्रशिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको छ । कार्यक्रममा सो कोर्षका सिनियर ईन्स्ट्रक्टर महासेनानी बिमलराज शर्मा लगायत नेपाली सेना तथा सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको