कुरिनटारमा प्रहरीचौकी स्थापना



चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको छ । मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले शुक्रबार प्रहरी चौकी उद्घाटन गरे ।

प्रहरी चौकीको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले सबै नागरिकलाई शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारलाई आत्मसाथ गर्दै हरेक वडामा प्रहरी चौकी स्थापना गर्ने उद्देश्यअनुसार वडा नं ४ कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको बताइन् ।

गाउँपालिकाको केन्द्रसमेत रहेको कुरिनटारमा उद्योग होटल भएको र राजधानी भित्रिने मुख्यराजमार्ग पर्ने भएकाले यहाँ तत्काल आवश्यक रहेको अवस्थामा सफल भएको बताइन् । प्रहरीचौकी स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक एसपी नान्तिराज गुरुङलाई धन्यावाद दिइन् । साथै अध्यक्ष गुरुङले तत्काल जग्गा उपलब्ध भएर भवन निर्माण नभएसम्म प्रहरी चौकीको घरभाडा गाउँपालिकाले उपलब्ध गराउने बताइन् ।

प्रहरी उपरीक्षक नान्तिराज गुरुङले समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरी एक्लैले नसक्ने बताए । अपराध नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका हुने बताए ।

इलाका प्रहरी कार्यालय मुग्लिनको मातहतमा रहने कुरिनटार प्रहरी चौकीमा १५ जनाको दरबन्दी रहेको तर अहिले तत्काल प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जना रहने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए । इच्छाकामना गाउँपालिकाको सात वटा वडामध्ये तीन वटा वडामा मात्र प्रहरी चौकी रहेको छ । भौगोलिक विकटता रहेकाले हरेक वडामा प्रहरीचौकी आवस्यक रहेको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरीमा अब ३० वर्षे सेवा अवधि हटाइने, प्रहरी जवान १६ वर्षमा अवकासमा जान पाउने

  काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐन संशोधन र एकीकरण

जङ्गी अड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आजदेखि ‘नेपाली सेना फोटो तथा वृहत्

पछिल्लो समय आपराधिक घटनामा वृद्धि, कुन प्रदेशमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय आपराधिक घटनामा वृद्धि भएको बताएको छ ।

१८ एसएसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरिएको छ ।