बढुवा भएका ६० जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । प्रहरी नायव उपरीक्षक तथा प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएकामध्ये ६० जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बिहीबार प्रहरी प्रधान काार्यलयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नोति भएका ४६ जनामध्ये ३८ जना र विभिन्न समूहको प्राविधिक प्रहरी नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नोति भएका २३ जनामध्ये २२ जना प्रहरी अधिकृतहरु रहेका छन् । पदोन्नति भएका ८ जना प्रहरी नायव उपरीक्षकहरू र १ जना प्राविधिक प्रहरी निरीक्षक हाल यूएन मिसनमा कार्यरत छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदले अपेक्षा गरेअनुसारको व्यावसायिक भूमिका निर्वाह गर्न निर्देशन दिए ।

आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीलाई मनन गरी नियमित रूपमा भएको कार्यसम्पादनमा बढोत्तरी गर्दै संगठनको ओज तथा छविलाई निरन्तरता दिन सम्पूर्ण प्रहरी कर्मचारीहरू सतत् रुपमा लागिपर्ने अपेक्षा संगठनले लिएको उनले बताए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले थप उत्साहका साथ जिम्मेवारी वहन गर्दै उत्कृष्ट काम गर्ने लगायतका आफ्ना प्रतिवद्धताहरूलाई सबैले स्वीकारी काम गर्ने अपेक्षा आफूले लिएको उल्लेख गरे । प्रहरीको कार्य सम्पादनमा प्राविधिक प्रहरीहरूले मद्दती भूमिका निर्वाह गर्दै उच्चतम व्यावसायिकता प्रदर्शन गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको