प्रहरी ऐन बनाउँदै सुदूरपश्चिम प्रदेश सरकार



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको कानून सुधार तथा सुझाव समितिले प्रदेश प्रहरी ऐन निर्माणलाई तीव्रता दिएको छ । प्रदेश सरकारले प्रहरी ऐन निर्माणको तयारी थालेको छ । पाँच सदस्यीय विज्ञ टोलीले ऐन निर्माणका लागि समितिलाई सुझाव दिने र सरोकारवाला निकायसँग छलफल र परामर्श गर्न थालेको छ ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा प्रदेश प्रहरीको संरचनासहित सङ्घीय अनुसन्धान एकाइ पनि निर्माण हुने भएको छ । सङ्घीय एकाइको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षकबाट हुने छ । प्रहरीको अनुसन्धान प्रदेश प्रहरी र सङ्घीय अनुसन्धान एकाइबाट संयुक्तरूपमा हुने बताइएको छ ।

ऐनको पहिलो प्राथमिकतामा अति सीमान्तकृत नागरिकको प्रहरीमा पहुँच स्थापना गर्नु रहेको बताइएको छ । प्रहरी सेवालाई सहज तथा सरल बनाउनु र काम कारवाही पारदर्शी र न्यायोचित बनाउने रहेको बताइएको छ ।

मुलुकको सात सङ्घीय संरचनाअनुसार एउटा सङ्घीय प्रहरी एकाइसहित आठ एकाइ हुने परिकल्पनासमेत गरिएको छ । सुझाव समितिका विज्ञसमेत रहनुभएका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारीले प्रदेश प्रहरी ऐन सङ्घीयस्वरूप अनुसार प्रदेशको सामाजिक र भौगोलिक अवस्था सुहाउँदो बनाउन सुझाव दिएको बताए ।

ऐन निर्माणको क्रममा ऐनको मस्यौदाउपर जिल्लागत, समुदायगत तथा विभिन्न सरोकारवालाबीच छलफल थालिएको कानून सुधार तथा सुझाव समितिका सदस्य एवं सभासद् हरि श्रीपाइलीले जानकारी दिए । उनका अनुसार उक्त मस्यौदालाई अन्तिम रूप दिई प्रदेशसभाको आउँदो हिउँदे अधिवेसनमा पेश हुने छ ।

विज्ञ टोलीमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाह, बमबहादुर भण्डारी, पूर्व प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाह, मानवअधिकारीवादी तथा नागरिक सुरक्षा विज्ञ शोभाकर बुढाथोकी र पूर्व न्यायाधीश केशरीराज पण्डित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको