प्रहरीको मनोबललाई उच्च बनाउन स्थानीय तहबाट सकारात्मक अपेक्षा तथा सुझावको आवश्यकताः आइजिपी क्षेत्री



काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पर्यटकप्रति सबैको समान दृष्टिकोण र सद्व्यवहार हुनुपर्ने बताएका छन् । सोमबार ४२ औं पर्यटक प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कतिपय तथ्यलाई आमबुझाइमा बुझिदियो भने त्यो उचित हुने बताए ।

क्षेत्रीले प्रहरीको मनोबललाई अझ उच्च बनाउनको लागि स्थानीय तहबाट सकारात्मक अपेक्षा तथा सुझावको आवश्यकता रहेको उल्लेख गरे । आगामी दिनमा पर्यटक प्रहरीलाई आवश्यकता अनुसार दक्ष बनाउँदै लैजाने प्रतिवद्धता उनले व्यक्त गरे ।

नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटनसँग आवद्ध सबै सरोकारवाला निकायहरुको भूमिका उत्तिकै महत्वपूर्ण रहेको चर्चा गर्दै पर्यटकीय स्थलहरुलाई कम प्रदूषित बनाउनको निम्ति चालिने कदमप्रति सबैको चासो हुनुपर्नेमा उनले जोड दिए ।

समारोहमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले धन्यवाद ज्ञापन गर्दै नेपाललाई सुरक्षित पर्यटक गन्तव्यको रुपमा विकास गर्दै लैजानको लागि सबै सरोकारवाला निकायसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको