सरियाको हिमवर्ती क्षेत्रमा नेपाली शान्ति सैनिक



काठमाडौं । नेपाली शान्ति सैनिक मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउण्ट हर्मन क्षेत्रमा समेत तैनाथ भई कार्य गर्दै आएको छ । उक्त क्षेत्रमा २० फिट हिउँ र माइनस २० डिग्री सेन्टिग्रेडको सिरेटोमा पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त क्षेत्रको स्वामित्वको विषयलाई लिएर विगत ४६ वर्षदेखिको सिरिया र इजरायलबीच विवाद अहिले पनि कायमै छ । संयुक्त राष्ट्रसङ्घले उक्त विषयमा विवाद उपन्न भएदेखि नै शान्ति सैनिक त्यस क्षेत्रमा तैनाथ गरिरहेको छ । विश्वकै सबैभन्दा अग्लो स्थानमा शान्ति सैनिक तैनाथ भएको उक्त क्षेत्रमा अहिले पनि ठूलो सङ्ख्यामा विद्युतीय धराप रहेको बताइएको छ । सो क्षेत्रमा द्वन्द्वरत सशस्त्र समूहको चलखेल पनि धेरै नै हुने गरेको जानकारी दिइएको छ ।

वर्षको आधा समय हिमपात हुने उक्त गोलान क्षेत्रमा खट्टिने अधिकांश फौज मुस्ताङको कैसाङस्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकला तालिम लिएका नेपाली सैनिक हुन । सन् २०१३ देखि नेपाली शान्ति सैनिक तैनाथ उक्त इलाकामा हिउँमा प्रयोग गरिने विशेष किसिमको सवारी साधन पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरिँदै आएको निर्देशनालयले जनाएको छ ।

द्वन्द्वरत राष्ट्रमा तैनाथ भई देखाएको बहादुरी, पेशागत दक्षता र सफल सैनिक कारवाहीको परिणामस्वरुप सिरियास्थित मिशनको फोर्स कमाण्डरको जिम्मेवारी हालका प्रधानसेनापति पूर्णचन्द्र थापा, अप्रा रथी बालानन्द शर्मा र अप्रा उपरथी शिवराम खरेलले कुशलतापूर्वक सम्पन्न गरेका थिए । हाल उक्त मिसनको फोर्स कमाण्डरमा रथी ईश्वर हमाल कार्यरत छन् । नेपाली शान्ति सैनिकको सबैभन्दा ठूलो उपस्थिति रहेको उक्त मिशनमा नेपाली सेनाको चिकित्सक अधिकृतसहितको मेडिकल टोली पनि कार्यरत छ ।

आन्तरिक द्वन्द्वकाकारण विद्रोहीबाट क्षति पु¥याइएका शान्ति सैनिकका व्यारेक संरचना पुनःनिर्माण र व्यारेक स्थानको सुरक्षा चुस्त तुल्याउन सेनाको इञ्जिनीयर टिम त्यस क्षेत्रमा डटेर काम गरिहेको छ । अनुशासित र व्यावसायिक नेपाली सेनाको कार्यक्षमताका कारण संयुक्त राष्ट्रसङ्घ तथा सिरियाली सरकारको नेपाली शान्ति सैनिकको कामको तारिफ हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गैरव्यवसायिक क्रियाकलाप गरेको भन्दै सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सादा पोसाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन

आठ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)

पिएसओ र गाडी छोडेर हिँडेपछि महरा पक्राउः आइजिपी कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पिएसओ

सशस्त्र प्रहरीको एक फौज २४सै घण्टा सीमा गस्तीमा परिचालन

  काठमाडौँ ।  सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा