नेपाली सेनाद्वारा खोज तथा उद्धारको नमूना प्रदर्शन



रसुवा । दैवी विपत्तिको बेला नेपाली सेनाले गर्दै आएको खोज तथा उद्धारका कलासार्वजनिकरूपमा प्रदर्शन गरेको छ । भूकम्प दिवस अन्तरगत जिल्ला विपद् व्यवस्थापन समितिको आग्रहमा शुक्रबार नेपाली सेना कालिजङ्ग गणले धुञ्चेको खुला मञ्चमा घर भत्केर थिचिएका र असहज स्थानमा घाइते वा बिचलित भएका व्यक्तिलाई गरिने उद्धारको कला प्रस्तुत गरेको थियो ।

नेपाली सेना, सशस्त्र प्रहरी एवं नेपाल प्रहरीले संयुक्तरूपमा गर्ने खोज उद्धारका तौर तरिकाको बारेमा आम नागरिकलाई जानकारी गराउने उद्देश्यका साथ सुरक्षा निकायमार्फत भूकम्प दिवसका अवसर पारेर सार्वजनिकस्थलमा पहिलो पटक कला प्रस्तुत गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

सर्वप्रथम आकस्मिकरूपमा बिपद् परेका व्यक्तिलाई खोजउद्धार गरी अस्पताल पठाउने, दोश्रोमा चौपाया खोज्ने र तेस्रोमा पुरिएका धनमाल खोजतलास गरी नेपाल प्रहरीमार्फत स्थानीय जनप्रतिनिधिको रोहवरमा घाइतेका आफन्तजनलाई बुझाउने कलाको प्रर्दशन भएको थियो ।

असहज ठाउँका घाइते व्यक्तिलाई डोरी एवं घरमा पुरिएका व्यक्तिलाई औजार सामग्रीको सहायताले बाहिर निकाली उपचारमा पठाइएको कलासमेत सर्वसाधारण माझ नेपाली सेनाले प्रस्तुत गरेको कार्यक्रमका सहभागीले बताए ।

बिपद् परेका व्यक्तिलाई गरिने उद्धारको नमुना देखाई आम नागरिकको मनोवल उच्चपार्ने कार्यमा नेपाली सेनाले गरेको कला प्रर्दशनबाट खोज तथा उद्धारमा जुट्न स्थानीय वासिन्दासमेतलाई चेतनाको अभिवृद्विमा मद्दत पुगेको स्थानीय समाजसेवी सोनाम साङ्मो तामाङले जानकारी दिए । भूकम्प दिवस अन्तरगत जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र रेडक्रस रसुवा शाखाको सहयोगमा प्रभातफेरीका कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको