नेपाल प्रहरीलाई निर्वाचनमा जुट्न गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले वैशाखमा हुने निर्वाचनको तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका प्रहरी अधिकृतलाई आइतबार गृह मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनमा जुट्न निर्देशन दिएका हुन् ।

“तपाईंहरुको क्षमतालाई विश्वास गर्दै सरकारले बढुवा गरेको छ, त्यो विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्”, उनले भने । प्रहरीको काँधमा एकातर्फ निर्वाचनको लागि आवश्यक तयारी गर्ने र अर्कोतर्फ सम्भावित आन्दोलनको नियन्त्रण गर्ने दायित्व आएको उनको भनाइ थियो । गृहमन्त्री थापाले पछिल्लो समय सुरक्षा चुनौती बढेको बताउँदै त्यसलाई सामना गर्ने गरी सुरक्षा योजना बनाउन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अब कांग्रेसलाई बोल्न दिइँदैन’भन्ने ओलीको अभिव्यक्ति रविलाई ‘मानवढाल’ बनाउने चाहना’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछानेको

जसपा विभाजन प्रकरणः निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनका विषयमा भएका निर्णयहरु यथास्थितिमा

जहाँबाट आरोप लगाइएको छ, त्यहीँबाटै मैले स्पष्ट पार्न पाउनुपर्छः गृहमन्त्री

काठमाडौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि कांग्रेसले लगाएको आरोपका बिषयमा संसदमा

गृहमन्त्रीमाथि आरोप लगाउने कांग्रेस कुनै न्यायाधीश होइनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले राजनीतिक स्वार्थका लागि