एआईजी पालद्वारा महानगरीय प्रहरी कार्यालयको प्रमुखको पदभार ग्रहण



काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा सरुवा भएका प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई बिहीबार एक कार्यक्रमबीच स्वागत गरिएको छ ।

कार्यालयबाट सरुवा भएका प्रहरी अतिरीक्त महानिरीक्षक विश्वराज पोखरेल लगायतका प्रहरी कर्मचारीहरूले उनको स्वागत गरेका थिए । मन्त्रिपरिषद्को मंसिर २५ को निर्णयअनुसार एआईजी पालको उक्त कार्यालयमा सरुवा भएको थियो ।

उनी यसअघि प्रहरी प्रधान कार्यालयस्थित कार्य एवं अपराध अनुसन्धान बिभागमा कार्यरत थिए । सोही कार्यक्रममा प्रहरी प्रधान कार्यालयस्थित कार्य एवं अपराध अनुसन्धान बिभागमा सरूवा भई जान लागेका एआईजी पोखरेललाई कार्यालयको तर्फबाट कार्यालय प्रमुख पालले मायाको चिनो प्रदान गरी विदाई गरेका थिए ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रत्यक्ष मातहतका कार्यालय प्रमुखहरू, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कार्मचारीहरु उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको