अपराध नियन्त्रण गर्न अन्तरदेशीय सहकार्य जरुरीः आईजिपी क्षेत्री



काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सङ्गठित र बढ्दो अन्तरदेशीय अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने विश्वभरका निकायबीच आपसी सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन् ।

मित्रराष्ट्र चीनमा शुरु भएको अन्तरदेशीय अपराध नियन्त्रणका सम्बन्धमा आन्तरिक मामिलामन्त्री र सुरक्षा अधिकारीबीच भएको बैठकलाई भर्चुअल माध्यमबाट बुधबार सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले विज्ञान र प्रविधिको विकाससँगै भित्रिएका नवीन सुरक्षा चुनौतीको सफलतापूर्वक समाधान गर्न पनि सहकार्य जरुरी हुने बताएका हुन् ।

उनले विद्युतीय अपराध, अन्तर्राष्ट्रिय सङ्गठित अपराध, सीमा, मानव बेचबिखन, आर्थिक, लागुऔषध ओसारपसारजस्ता अपराधको नियन्त्रण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

अपराध नियन्त्रणको क्षेत्रमा विद्यमान ऐन कानूनको अधिनमा रही सूचनाको आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले साझेदारी स्थापनाका लागि हातेमालो गरी अघि बढ्न नेपाल प्रहरी सदैव तयार रहेको बताए । बिहीबार सम्पन्न हुने उक्त फोरममा ३० भन्दा बढी राष्ट्रका आन्तरिक मामिलामन्त्री, प्रहरी प्रमुख र प्रतिनिधिले सुरक्षा साझेदारी र सहयोगका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको