खैरेनीटारस्थित नेपाली सेनाको नम्बर ३ बाहिनीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण



दमौली । नेपाली सेनाको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ । नेपाली सेनाका संस्थापक एवं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा बाहिनीभित्र निर्माण गरिएको शालिकको शनिबार अनावरण गरिएको हो ।

बाहिनीपति सहायक रथी सागरबहादुर थापाले शालिकको अनावरण गर्दै राष्ट्रपिताको शालिक अनावरण गर्न पाउँदा गौरवान्वित र हर्षित भएको बताए । नेपाली सेना सदैव असल र इमानदार हुनुपर्नेमा सहायक रथी थापाको जोड थियो ।

“आधुनिक नेपालको पहिलो सेना प्रमुखको रूपमा पृथ्वीनारायणलाई सेनाले अङ्गिकार गरेको छ”, थापाले भने, “उहाँकै सम्मानमा शालिक निर्माण गरेर अनावरण गर्न पाउँदा गौरवको महसुस भएको छ ।” यस परिकल्पनाकारलाई मूर्तरूप दिन तन, मन, वचन र कर्मले हरेक कार्यमा सहयोग गर्ने सबैलाई सहायक रथी थापाले धन्यवाद ज्ञापन गरे ।

निर्माण सम्पन्न भएको शालिकले बाहिनीको सौन्दर्य बढाउन सहयोग पुगेको थापाले बताए । विभिन्न ब्यारेकमा पृथ्वीनारायण शाहको शालिक निर्माणले तीव्रता पाएकोसमेत थापाले सो अवसरमा जानकारी दिए ।

पृथ्वीनारायणको पूर्णकदको शालिक निर्माणका लागि रु दुई लाख १४ हजार ९७१ खर्च भएको सहायक बाहिनीपति महासेनानी उत्तम खड्काले जानकारी दिए । उनका अनुसार शालिक निर्माणमा श्री नम्बर ३ बाहिनी अड्डाले रु ५३ हजार ७४३, श्रीजङ्ग गणले रु ४२ हजार ९७४, रणसिं दल गणले रु ४२ हजार ९९४ र भगवती दल गणले रु ३२ हजार २४६, दुर्गाभञ्जन गुल्मले रु २१ हजार ४९७, रणदल गुल्मले रु २१ हजार ४९७ लागत सहभागिता व्यहोरेका छन् । सेनाकै तीन कालिगडले उक्त शालिक निर्माण गरेका हुन् । सो अवसरमा सहायक रथी थापाले शालिक निर्माण गर्ने कालिगडलाई प्रशंसापत्रले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको