नेपाल प्रहरीमा डिआइजी बढुवाको तयारी



काठमाडौं । नेपाल प्रहरीमा एआईजी बढुवाको सिफारिस गरिएसँगै डीआईजी बढुवाको तयारी थालिएको छ । हाल प्रहरीमा डीआईजीको ८ दरबन्दी रिक्त छ भने विश्वराज पोखरेल एआईजी बढुवाकालागि सिफारिस भएसँगै रिक्त सिट संख्या ९ पुग्नेछ ।

पोखरेललाई गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सोमबार एआईजीमा बढुवा गर्न सिफारिस गरिसकेको छ । डीआईजीको ९ दरबन्दीमा तीन ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बीच प्रतिस्पर्धा सुरु भएको छ ।

सरकारले कात्तिक अन्तिम साता ५ जना डीआईजीको दरबन्दी थप गरेको थियो भने हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याजी हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीको एआईजीमा बढुवा भएसँगै तीन सिट खाली थियो ।

डीआईजीका लागि प्रहरी महानिरीक्षक क्षेत्रीकै ब्याचका टोलीसहित ११ चैत २०४९ र ५ चैत २०५१ मा प्रहरी निरीक्षकमा भर्ना भएको टोली प्रतिस्पर्धामा छ । आईजीपी क्षेत्रीका ब्याचका १४ जना एसएसपी डीआईजी बढुवाको प्रतीक्षामा छन् ।

क्षेत्रीका ब्याचका गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, दीलिपकुमार चौधरी, राजेशलाल कर्ण, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रञ्जितकार, नरोत्तमलाल प्रधान, प्रकाश अधिकारी, देबबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोर दाहाल, शेखर कोइराला र प्रदीपकुमार श्रेष्ठ डीआईजी बढुवाका दाबेदार हुन् ।

प्रहरी प्रधान कार्यालयले भने वरिष्ठताको आधारमा बढुवा गर्ने इच्छा राखेको भएपनि महानिरीक्षक क्षेत्रीले जारी गरेको आचारसंहितामा पनि वरिष्ठतालाई जोड दिइएको छ भने सरुवामा पनि कुनै आर्थिक वा नैतिक विषयमा प्रश्न नउठे एक वर्षसम्म नचलाउने भनिएको छ । तर, डीआईजी पोखरेलको एकल बढुवा प्रकरण र काठमाडौंबाट एसएसपी श्याम ज्ञवालीलाई समय नपुग्दै तानिसकिएकाले यसपटक महानिरीक्षक थापाको आचारसंहिताले खासै केही गरेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको