प्रधानसेनापति थापाद्वारा खड्का र ढकाललाई उपरथीको दज्र्यानी चिन्ह प्रदान



काठमाडौँ । उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सन्तोष कुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् । शुक्रबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले ढकाल र खड्कालाई उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैंठकले ढकाल र खड्कालाई सहायक रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । नेपाली सेनाका अनुसार उपरथी ढकाललाई पूर्वी पृतना मुख्यालयको पृतनापति र उपरथी खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ ।

शुक्रबारै सोही कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नति भएका अन्य चार जना महासेनानीहरुलाई पनि प्रधानसेनापति थापाले दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको