राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा रघु भण्डारी नियुक्त



काठमाडौं । सरकारले राष्ट्रिय सेवा दल (एनसीसी) को कार्यकारी महानिर्देशकमा रघु भण्डारीलाई नियुक्त गरेको छ । नेपाली सेनाको उपरथीबाट गत १२ कात्तिकमा अवकाश पाएका भण्डारीलाई प्रधासेनापति पूर्णचन्द्र थापाले एनसीसीमा नियुक्त गर्न रक्षा मन्त्रालयमा सिफारिस गरेका थिए ।

त्यसलाई गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । एनसीसी सेना मातहतको स्वयंसेवक विद्यार्थीको दस्ता हो । उनीहरुलाई विपद, उद्दार र अन्य अवस्थामा स्वयंसेवी रुपमा परिचालनका लागि तयार गरिन्छ । बैठकले प्रमुख सेनानी मनोज थापासहित ५ जनाको बढुवा समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सीमा सुरक्षा र अपराध नियन्त्रणमा लाग्न सशस्त्र प्रहरीलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सीमाको सुरक्षा र सीमा क्षेत्र भएर हुने अपराध नियन्त्रणमा

जंगी अड्डामा चिनियाँ रक्षामन्त्री(फोटोफिचर)

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा

पारस्परिक सैन्य सहयोग अभिवृद्धि र सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्यः चिनियाँ रक्षामन्त्री वेइ

काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष

चीनका रक्षामन्त्री वेइ फेङ्हो आइतबार नेपाल आउने

काठमाडौं । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील