अमेरिकी दूतावासद्वारा नेपाली सेनालाई १० थान र्याफ्ट प्रदान



काठमाडौं । अमेरिका र नेपालले विगत लामो समयदेखि नेपालमा मानवीय सहायता र विपद् व्यवस्थापन तयारीका लागि रक्षा र सुरक्षा निकायहरूबिच निरन्तर सफलतापूर्वक सहकार्य गर्दै आइरहेका छन् ।

यो हप्ता त्यही सहकार्यको निरन्तरतास्वरूप अमेरिकी दूतावासको डिफेन्स टिमका अधिकारीहरूले उद्दार तथा खोजी कार्यमा प्रयोग हुने दस थान र्याफ्टहरू नेपाली सेनालाई हस्तान्तरण गरेका छन् ।

जसले नेपाली सेनाको विपद् प्रतिकार्य क्षमतालाई अझै बढाउन मद्दत गर्नेछ । पछिल्लो सहयोगले नेपालको विपद् व्यवस्थापनमा निरन्तर सहयोग गर्ने अमेरिकी प्रतिवद्धताको राम्रो उदाहरण मात्रै पेश गरेको छैन, नेपाली सेनाले विपत्तिको समयमा गर्ने प्रतिकार्य क्षमता बढाउन पनि सहयोग गरेको अमेरिकी दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
  प्रहरी प्रवक्तामा एसएसपी कार्की

काठमाडौँ ।   नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की

नेपाल प्रहरीका दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

  काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र दुई प्रहरी

नेपाल प्रहरीका डीआइजीद्वय जोशी र ढकाल एआइजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआइजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई डीआइजीमा बढुवा

प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष