गण्डकी प्रदेश दंगा नियन्त्रण गणमा ‘बल प्रयोग सिद्धान्त’ अनुशिक्षण
पोखरा । गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण तनहुँले बल प्रयोगको सिद्धान्त सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका लागि अनुशिक्षण सुरु गरेको छ । गणका प्रमुख एसपी दयानिधि ज्ञवालीले सोमबार अनुशिक्षणको शुभारम्भ गरेका छन् ।
चार दिन लामो अनुशिक्षणमा गणका ३० जना हवल्दार तथा सिपाहीहरुको सहभागिता रहेको छ । यो अनुशिक्षणमा बल प्रयोगको सिद्धान्त सम्बन्धी सम्पूर्ण जानकारीका साथै उनीहरुलाई कसरी संयमित भएर भिड नियन्त्रणगर्ने भन्ने कला कौशल सिकाइने छ ।