सशस्त्रका तीन बिओपी स्थापना



कञ्चनपुर । सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरीका कञ्चनपुरमा मंगलबार तीन वटा बोर्डर आउट पोष्ट(बिओपी) स्थापना कार्य सम्पन्न गरिएका छन् ।

पुर्नवास नगरपालिका ११ डोकेबजार, सोही नगरपालिकाको वडा नम्बर ४ आँपताल र वडा नं ६,७,८ को खड्डाकंकडमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट स्थापना गरिएका हुन् ।

स्थापना गरिएका आउट पोष्टको सशस्त्र प्रहरीको अत्तरियास्थित नं ७ वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायवमहानिरीक्षक (डिआइजी) हरिशंकर बुढाथोकीले उद्घाटन गरेका हुन्। उनले सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण गर्न र सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरी तैनाथ गरिएको बताए।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी झलारीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले सीमा क्षेत्रको सुरक्षाका लागि पर्याप्त सुविधा नभएपनि सीमा रक्षाका लागि जवानले इमान्दारपूर्वक कार्यक्षेत्रमा काम गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

ढकाल र जोशी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

  काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

प्रधानसेनापति शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

  काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर