कैलालीको कैलारीमा बिओपी स्थापना



कैलाली । कैलालीको कैलारी गाउँपालिका –५ छोटीपलियामा सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकी (बिओपी) स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टरअन्तर्गत स्थापित बिओपीको आइतबार सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथोकी र कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

उद्घाटनका क्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक बुढाथोकीले सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध निकासीपैठारी नियन्त्रणमा बिओपीको प्रमुख भूमिका रहेको बताए ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरले बिओपीको स्थापनाले सीमा सुरक्षा एवं सीमा इलाकामा बसोबास गर्ने नागरिकमा सुरक्षाको सुनिश्चितता हुने उल्लेख गरे ।

भारतसंँग सिमाना रहेका कैलालीका सीमा इलाकामा अझै बिओपी सङ्ख्या थप गर्ने योजना रहेको बताइएको छ । बिओपी स्थापनापछि सीमा क्षेत्रमा थप सुरक्षा कायम हुने र चोरी तस्करी नियन्त्रण हुने विश्वास लिइएको छ । एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा योलगायत बिओपीको संख्या १२ पुगेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको