प्रदेश दुईको अनुसन्धान ब्युरो स्थापनासम्बन्धी विधेयक पारित



जनकपुरधाम । प्रदेश दुईको प्रदेशसभा बैठकले अनुसन्धान ब्युरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशभित्र भएका वा हुन सक्ने अपराध वा अपराधजन्य जानकारी वा सूचना सङ्कलन गर्ने, गराउने ब्युरोको प्रमुख कार्य हुने जानकारी दिए।

ब्युरोले प्रदेशभित्रको शान्तिसुरक्षा र सुव्यवस्था, आर्थिक हित र विकास, औद्योगिकीकरण, व्यापारव्यवसाय प्रवद्र्धनलाई प्रतिकूल असर पार्ने वा पार्न सक्ने सूचना वा जानकारी पनि सङ्कलन गर्नेछ ।

ब्युरोले आफ्नो कर्तव्य पालनाका सिलसिलामा नेपालको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षा प्रतिकूल हुने वा खलल पार्ने वा पार्न सक्ने प्रकृतिका सूचना वा जानकारी प्राप्त भएमा सोको जानकारी सङ्घीय सरकारलाई समेत दिने विधेयकमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
औपचारिक माध्यमबाट मात्र रेमिट्यान्स पठाउन प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन

पोखरास्थित सैनिक आवासीय महाविद्यालयको भवन शिलान्यास

काठमाडौँ । सैनिक आवासीय महाविद्यालय पोखरामा बीबीए पठनपाठनका लागि आवश्यक पर्ने भवनको शिलान्यास

सैन्य सामग्री प्रदर्शनीमा विद्यार्थीको चाख

जानकी (बाँके) । नेपाली सेनाको आयोजनामा दोस्रो रनिङ शिल्ड तथा सैनिक प्रदर्शन, २०८०

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले आयोजना गरेको ‘इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट