स्वीकृत नलिई प्रहरीको पोशाक प्रयोग गरे कारबाही हुने
काठमाडौं । नेपाल प्रहरीले विभिन्न चलचित्र, टेलिचलचित्र, सांगीतिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको भन्दै आपत्ति जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गरी प्रहरी पोसाकको प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचार प्रसार ईकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिन आग्रह गरेको हो । स्वीकृति नलिई यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कानुनी कारबाही हुने कार्यालयले जनाएको छ ।