प्रहरी जस्तोसुकै परिस्थितिमा पनि जिम्मेवारीबाट विमुख हुन सक्दैनः डिआइजी पोखरेल



काठमाडौं । महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख डिआइजी विश्वराज पोखरेलले नेपाल प्रहरी जस्तोसुकै परिस्थितिमा पनि जिम्मेवारीबाट विमुख हुन नसक्ने बताएका छन् ।

आइतबार महानगरीय ट्राफिक प्रहरी महाखाकाको मेस भवन तथा सफ्टवेयर उद्घाटन गर्दै उनले नागरिकको सुरक्षाको पूर्णप्रत्याभूति दिलाउने महत्वपूर्ण अभिभारा बोकेका प्रहरी जस्तो सुकै परिस्थितिमा पनि जिम्मेवारीबाट विमुख हुन नसक्ने बताएका हुन् । पोखरेलले हरेक प्रहरीले नागरिकको चित्त नदुखाउने प्रणका साथ सेवा गर्नुपर्ने बताए ।

उनले कसैको दबाब र प्रभावमा नपरी मनबाटै असल प्रहरी बन्छु भनेर प्रतिबद्ध हुन मातहतका प्रहरीलाई निर्देशन दिए । कोभिड–१९ को सङ्क्रमण बढ्दो रहेको परिस्थितिमा प्रहरीको जिम्मेवारी थपिएको स्मरण गराउँदै पोखरेलले जटिल अबस्था आइपरेमा पनि नागरिकेको सुरक्षाबाट प्रहरी भाग्न नसक्ने बताए ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आवश्यक कमजोरी हटाउँदै उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारमा कटिबद्ध भएर लागि परेको जानकारी दिए । महाशाखामा निर्माण भएको प्रहरी अधिकृत तथा जवानको संयुक्त मेस झण्डै १४ लाख रुपैयाँको लागतमा निर्माण भएको हो । त्यस्तै हराएका, फेला परेका तथा चोरी भएका सवारी साधनको अभिलेख व्यवस्थापनसम्बन्धि सफ्टवेयरबाट काम सुरु भएसंगै त्यस्ता सवारीको खोजीका लागि नागरिकले अनलाइनबाटै निवेदन दिन सक्ने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको