प्रधानसेनापति थापाद्वारा श्रेष्ठलाई उपरथीको दज्र्यानी चिह्न प्रदान



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायकरथीबाट बढुवा भएका शरदलाल श्रेष्ठलाई उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङगी अड्डामा बिहीबार आयोजित समारोहमा प्रधानसेनापति थापाले उपरथी श्रेष्ठलाई दज्र्यानी चिह्न लगाइदिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मन्त्रिपरिषद्को यही असोज १२ गतेको बैठकले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । प्राविधिक उपरथी श्रेष्ठलाई जङ्गी अड्डाले इन्जिनीयरिङ विभागको प्रमुखको जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लियोनमा हुने इन्टरपोलको सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार फ्रान्स प्रस्थान गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

ढकाल र जोशी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ