सशस्त्र प्रहरीको गणपति तालिम सुरु, एआईजी थापाद्वारा तालिम उद्घाटन



काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा सि.सं. ४ गणपति तालिम संचालन भएको छ ।
प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले सोमबार एक कार्यक्रमका बीच तालिमको उद्घाटन गरे ।

त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले मध्यम तहका र प्रत्यक्ष रुपमा फिल्डमा खटिई बटालियन तहको नेतृत्व वहन गर्ने अधिकृतहरुलाई लक्षित गरी उनीहरुको पेशागत ज्ञान, व्यावसायिक दक्षता एवं नेतृत्व क्षमतामा अभिबृद्धि गर्ने उद्देश्यले तालिम संचालन गरिएको उल्लेख गरे ।

उनले यस्ता तालिमबाट प्राप्त ज्ञान, कला र कौशलको उपयोग गरी सशस्त्र प्रहरी अधिकृतहरुले कार्यक्षेत्रमा आईपर्ने विविध चुनौतीहरुलाई परास्त गर्दै आत्म विश्वासका साथ चुस्त रुपमा कार्यसम्पादन गर्न कृयाशिल रहनुपर्नेमा जोड दिए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले फौजी संगठनमा जिम्मेवारीका क्षेत्रहरुमा उत्कृष्ट कार्य सम्पादन गर्नका लागि यस्ता व्यावसायिक तालिमहरु महत्वपूर्ण कडीको रुपमा रहने चर्चा गर्दै सशस्त्र प्रहरी अधिकृतहरुको वृत्ति विकासमा समेत यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए।

तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई स्टाफ ड्युटिज, कमाण्ड एण्ड म्यानेजमेन्ट, ट्याक्टिस, सुरक्षा, विभिन्न ऐन नियमहरु तथा संगठनको कामकारवाही लगायतका विविध विषयहरुमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण दिइने समारोहमा जानकारी गराइएको थियो ।
करीब दुई महिना अवधिको उक्त तालिममा २८ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु प्रशिक्षार्थी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लियोनमा हुने इन्टरपोलको सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार फ्रान्स प्रस्थान गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

ढकाल र जोशी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ