भ्रष्टाचारको अभियोगमा सहायकरथी राणासहित तीन सैनिक अधिकारी बर्खास्त



काठमाडौं । समरी जनरल सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूरमा एक सहायकरथीसहित तीन सैनिक अधिकारीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आइतबार अदालतले सहायकरथी प्रयोगजङ राणा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने फैसला गरेको हो ।

पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठह¥याउँदै अदालतले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो । सहायकरथी राणाले एक करोड ५२ लाख २७ हजार तथा महासेनानी सिल्वालले १५ लाख ७९ हजार रकम हिनामिना गरेको ठहर गर्दै अदालतले बिगो बराबरको रकम निजहरुबाट असुल उपर गर्ने निर्णय गरेको छ ।

अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिने निर्णय पनि सुनाएको छ । अभियोगमा अनुसन्धानको दायरामा रहेका महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई भने अदालतले सफाइ दिने गरी फैसला गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

ढकाल र जोशी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

  काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी