सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा विभागीय प्रमुख तथा बाहिनीपतिहरुसँग कार्यसम्पादन सम्झौता



काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मातहत विभागिय प्रमुख र बाहिनीपतिहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् । सशस्त्र प्रहरी बल¸ नेपाल प्रधान कार्यालय हलचोकमा शुक्रबार आयोजित कार्यक्रममा महानिरीक्षक खनालले विभागीय प्रमुखहरु एवं बाहिनीपतिहरुसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका हुन् ।

नेपाल सरकारद्वारा अख्तियार गरिएका नीति अनुसार सरकारका सम्पूर्ण अंगहरुलाई अझ बढी प्रभावकारी¸ जिम्मेवार¸ जवाफदेही तथा लक्ष्य केन्द्रित बनाउन कार्यालय प्रमुखहरुले तालुक कार्यालय प्रमुखहरुसँग वार्षिक कार्यसम्पादन सम्झौता गर्ने प्रचलन भए अनुरुप यस अघि महानिरीक्षक खनालले गृह सचिव महेश्वर न्यौपानेसँग सो सम्झौता गरिसकेका छन् । कार्यक्रममा निर्देशन दिँदै महानिरीक्षक खनालले सांगठनिक लक्ष्य प्राप्तीको लागि कार्य योजनाले मार्ग निर्देशन गर्ने भएकोले त्यही अनुसार आफ्नो जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्नु हुनेछ भन्ने विश्वास लिएको बताए ।

यस प्रकारले कार्य सम्पादन सम्झौता विभागिय प्रमुखहरु र बाहिनीपतिहरुको क्षमता र कार्य दक्षताको परीक्षा समेत भएको भन्दै महानिरीक्षक खनालले सीमा सुरक्षार्थ थप के गर्न सकिन्छ भन्ने बारेमा कार्ययोजना बनाउन समेत निर्देशन दिए । खनालले प्रत्येक बाहिनीले स्थापना गर्नुपर्ने बिओपि समयमानै स्थापना गर्नुपर्ने¸ कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रण गर्न अहोरात्र परिचालित राष्ट्रसेवकहरुको समयमानै अदलीबदली¸ आवश्यक सुरक्षात्मक उपाय अपनाउन तथा मातहत कर्मचारीको गुनासोलाई उचित सम्बोधन गर्न निर्देशन दिए । कार्यसम्पादन सम्झौताले कर्मचारीलाई आफ्नो जिम्मेवारी र उत्तरदायित्व पुरा गर्न सदैव झकझकाउने र यसैलाई आधारमानी कर्मचारीले आफ्नो स्वमुल्याड्ढन समेत गर्न सक्ने महानिरीक्षक खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

ढकाल र जोशी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

  काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी