नेपाली सेनाले आफ्नो संरचना र स्कूलिङमा पुनर्विचार गर्नुपर्छ



भरत दाहाल ।
नेपाल नागरिक युद्ध प्रणालीबाट विकास भएको देश हो । प्राचिन कालदेखि पुनः एकीकरणको समयसम्म नागरिक प्रतिरोध नीतिका आधारमा आफ्नो इतिहासलाई गर्विलो बनाएको छ । सुरक्षा निकायहरुलाई समुदायसँग नजोडेर र नागरिकहरुलाई प्रतिरोध गर्ने अधिकार नदिएर कुनै देश उँभो लागेको छैन, लाग्न पनि लाग्दैन ।

सुगौली सन्धिपछि नेपालको सेनालाई समुदायबाट अलग गरिएको छ । २०४७ सालपछि यसलाई राष्ट्रसंघ, अमेरीका, यूरोप, ईण्डिया जस्ता विदेशी शक्तिहरुको आड भरोसामा हुर्काईएको छ । त्यसैले यो सुडानमा लड्छ तर कालापानी जाँदैन, नेपालीमाथि गोली चलाउँछ तर गैरकानूनी रुपमा नेपाल प्रवेश गर्ने ईण्डियन फौजलाई छुँदैन ।

देशमा अब संगिन परिस्थिति उत्पन्न हुँदैछ। विदेशीको ब्याकिङमा बसेर तिनैहरुका लागि काम गर्ने वा देशको समुदायसंग जोडिएर र नागरिकहरुलाई प्रतिरक्षा प्रणालीसंग जोडेर देशका लागि काम गर्ने ? सेनाले आफ्नो संरचना र स्कूलिङमा पुनर्विचार गरेन भने यसको विघटन हुने प्रकृयालाई कुनै पनि शक्तिले रोक्न सक्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेदान्त–थेरापी

डा. गोविन्दशरण उपाध्याय । वेदान्त प्राचीन वैदिक दर्शनशास्त्रको एउटा शाखा हो जसमा अनेकौं

बक्ररेखाको नेतृत्व अभ्यास  

-सूर्य थापा  जुनसुकै देशले प्रगतिको सही बाटो पक्रेर अघि बढ्न बलियो, सुझबुझयुक्त र

चार्ल्स डार्विन र युक्रेन युद्ध

-डा. गोविन्दशरण उपाध्याय । बलिया देशले न सन्धि मान्छन् न सम्झौता नै, उनीहरू

स्वर्ग, नर्क, पाप-पुण्य हुन्छ कि हुँदैन ?

-डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रको कसौटीमा ईश्वर भेटिन्छ कि भेटिन्न, आत्मा भेटिन्छ कि